१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘सहायक श्रीमान्’का निर्देशक पाण्डेलाई एक लाख डलरको ‘फन्डिङ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:५५:oo

बहुपति प्रथाबारे निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)का निर्देशक गणेश पाण्डेले एक लाख डलर आर्थिक सहयोग प्राप्त गरेका छन् । 

निर्देशक पाण्डेलाई आगामी दिनमा निर्माण गरिने अन्य वृत्तचित्र परियोजनाका लागि यो सहयोग दिइएकोे जनाइएको छ । 

निर्देशक पाण्डेको को–हजबेन्ड वृत्तचित्रले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । 

जापानमा आयोजित ‘मेहोदो महोत्सव’मा एक सय २२ देशका तीन हजार पाँच सय ३३ वटा फिल्मलाई पछि पार्दै अन्तिम प्रतिस्पर्धामा निर्देशक पाण्डेको को–हजबेन्डले ब्रोन्ज अवार्ड जितेको हो ।

अप्रिल १९ बाट सुरु भएको दश दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेन्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । 

‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैँमा गर्वको कुरा हो,’ उनले भनेका छन्, ‘यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि खुसीको खबर हो ।’

जापानबाट पाएको यो सहयोग रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेर दर्शकलाई पस्कने निर्देशक पाण्डेले बताए । लम्जुङबाट पत्रकारिता सुरु गरेका निर्देशक पाण्डे प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष छन् । 

दुई दशकदेखि पत्रकारिता पेसामा क्रियाशील निर्देशक पाण्डेले यसअघि ‘भाग्यले बाँचेकाहरू’ नामको वृत्तचित्र बनाएका थिए । निर्देशक पाण्डेले सो वृत्तचित्रबाट थुप्रै अवार्ड हात पारिसकेका छन् ।

निर्देशक पाण्डे दैनिकनेपाल डटकमका अध्यक्ष एवं सञ्चालकसमेत छन् । विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका पत्रकार पाण्डे पछिल्लो समय आफ्नै निर्देशनमा वृत्तचित्र निर्माणमा व्यस्त छन् । 

ad
ad