Skip This
उत्तराखण्ड र सुदूरपश्चिम जोड्ने मानसखण्ड सर्किट बनाउन पहल गर्छु : परराष्ट्रमन्त्री साउद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २७ बिहीबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्तराखण्ड र सुदूरपश्चिम जोड्ने मानसखण्ड सर्किट बनाउन पहल गर्छु : परराष्ट्रमन्त्री साउद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १७:२७:oo

परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशलाई जोड्न मानसखण्ड सर्किट बनाउन पहल गर्ने बताएका छन्।

परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएपछि पहिलोपटक गृहनगर कञ्चनपुर आइपुगेका उनले उत्तराखण्डमा आउने पर्यटक नेपालको सुदूरपश्चिम प्रदेश भित्र्याउन सर्किट विकासका लागि पहल गर्ने बताएका हुन्। शनिबार कृष्णपुर नगरपालिका– ४ को ग्वासी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३औँ साधारण सभामा बोल्दै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीसमक्ष सो प्रस्ताव राखिने बताए।

‘मानसखण्ड क्षेत्रका धार्मिक, पर्यटकीय क्षेत्र जोड्न सर्किट बनाउन सकिन्छ। भारत र नेपालतर्फ कति धार्मिक स्थल छन् ? कसरी जोड्न सकिन्छ भनेर प्रस्ताव तयार गर्न भनेको छु,’ उनले भने, ‘यो तयार भएमा प्रधानमन्त्रीज्यूको आसन्न भ्रमणमा सरकारले भारतसमक्ष प्रस्ताव राख्छ।’ 

मन्त्री साउदले डडेल्धुराको पर्शुराम र भारतको पूर्णागिरि जोड्न पक्की पुल निर्माणको आवश्यकता भएकोसमेत बताए। ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पक्की पुलका लागि भारतसँग समझदारी भएको थियो,’ उनले भने, ‘बैतडीको झुलाघाटमा पक्की पुल आवश्यक छ। यसले सुदूरलाई कुमाउसँग सहजै जोड्छ र धार्मिक तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेछ।’

परराष्ट्रमन्त्री साउदले देशकै पहिलो चिकित्सा विश्वविद्यालयका रूपमा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने गरी सरकारले तयारी थालेको बताए। ‘गेटालाई देशकै पहिलो मेडिकल कलेज बनाउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। अहिले यसलाई सञ्चालनमा ल्याउन ऐन बनाउने काम अघि बढेको छ,’ उनले भने।

ad
ad