Skip This
महाआरतीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र नेपालगन्जमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख १६ शनिबार o८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाआरतीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र नेपालगन्जमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार o८:१६:oo

पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आएका छन् । बागेश्वरी मन्दिरमा सोमबार हुँदै आएको महाआरतीमा सरिक हुन उनी शुक्रबार नेपालगन्ज आएका हुन् । उनलाई राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले नेपालगन्ज एयरपोर्टमा स्वागत गरे । 

आगामी १८ बैशाख सोमबार प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको महाआरतीमा पूर्व राजा दम्पत्ति मुख्यकर्ताका रूपमा सहभागी हुने बागेश्वरी मन्दिर ब्यवस्थापन गुठीका अध्यक्ष समेत रहेका डा. राणाले जानकारी दिए । 

बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले महाआरतीको जिम्मेवारी लिएपछि सोमवार आयोजना हुने महाआरती दोस्रो हो । यहीं दोस्रो संस्करणमा पूर्वराजा दम्पत्ति मुख्यकर्तासहित महाआरती गर्नका नेपालगन्ज आइसकेको उनले बताए । 

‘मुख्यकर्ताका रूपमा पूर्वराजा महाआरतीमा सहभागी हुने निश्चित भएको छ,’ डा. राणाले भने, ‘त्यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको छ  ।’ पूर्व राजा दम्पत्ति महाआरतीमा सहभागी हुने भएपछि भक्तजनको घुइँचो लाग्न सक्ने सम्भावनालाई मध्यनजर गरि आवश्यक व्यवस्थापन थालिएको उनको भनाइ छ  ।

प्रत्येक सोमबार गरिंदै आएको महाआरतीमा हरेक पटक मुख्यकर्ताका रुपमा एकजना व्यक्ति वा परिवार समर्पित हुदै आएका छन् ।हिन्दु राष्ट्र पुनस्र्थापन गर्नुपर्ने कुरालाई औपचारिक रुपमा वकालत गर्दै आएका प्रतिनिधि सभा सदस्य डा. राणाकै नेतृत्वमा आगामी २० बैशाखमा पूर्व राजा ज्ञानेन्द्रलाई नेपालगन्जमा नागरिक अभिनन्दन गर्ने तय भएको छ ।

शाहका निजी सचिव तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलाले राजतन्त्रका पक्षधर डा. राणाको संयोजकत्वमा ‘नागरिक अभिनन्दन मूल समारोह’ घोषणा गरेको छ  । पूर्व राजा ज्ञानेन्द्र सुदूरपश्चिम र जुम्लामा हुने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ ।