१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १२ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १२ मंगलबार १५:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भ्रम फैलाएकाे भन्दै फ्लाई दुबईका कर्मचारीलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १२ मंगलबार १५:११:oo

फ्लाई दुबईको विमानबारे भ्रम फैलाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीका कर्मचारीलाई कारबाही गरेको छ।

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई तत्कालका लागि विमानस्थल प्रवेशमा रोक लगाई एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ।

उनीहरूले काठमाडौं–दुबई उडानका क्रममा फ्लाई दुबईको फ्लाइट नम्बर एफडिजेड ५७६ (बी ७३७–८००)मा चरा ठोक्किएको भनी भ्रमपूर्ण समाचार फैलाए पनि त्यस्तो नपाइएको प्राधिकरणले जनाएको छ।

सोमबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केहीबेरमै विस्फोट भएजस्तै ठूलो आवाज सुनिएको थियो भने विमानमा आगोको लप्का देखिएको थियो।

डबल इन्जिन भएको सो विमानको एउटा इन्जिनमा आगो लागेपछि १० मिनेटसम्म काठमाडौंको आकाशमा होल्ड गराइएको थियो । तर, सुरक्षित जान सकिने सम्भावना रहेको भन्दै पाइलटले विमान दुबईतर्फ नै उडाएर सुरक्षित अवतरण गराएका थिए।