१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथ रथयात्राको रौनक (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २o:१५:oo

आजबाट रातो मत्स्येन्द्रनाथको रथयात्राको रौनक सुरु भएको छ । 
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई दुई महिनासम्म रथारोहण गराएर  आषाढ शुक्ल चतुर्थीका दिन भोटो देखाउने चलन छ ।

काठमाडौं उपत्यकामा विशेष मानिने यो रथयात्रामा हजारौँको सहभागिता हुने गरेको छ । जात्राको पहिलो दिन आज पनि सयौँको सहभागितामा ललितपुरको पुल्चोकस्थित मत्स्येन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्याइएको छ । 

रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै रातो मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

ad
ad