१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्मीमा यस्तो स्किन केयर रुटिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३९:oo
  • गर्मी मौसम सुरु भइसकेको छ । अहिले हावाहुरी चल्ने सिजन पनि भएकाले प्रदूषण धेरै हुन्छ । जसकारण अनुहारमा प्रत्यक्ष असर पुग्छ । त्यसैले घरबाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई धुलो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । यसबाट एउटा प्रोटेक्टिभ लेयर बन्छ, जसले प्रदूषणबाट बच्न सहयोग गर्छ । त्यसैले चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउँदा राम्रो हुन्छ । 
  • घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई नकारात्मक असर गर्छ । अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ, अनुहार धोइराख्नुपर्दैन, टिस्यु पेपरले सफा गर्दा हुन्छ । टिस्यु पेपर तीनपटकसम्म प्रयोग गर्न पनि सकिन्छ । 
  • दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि मोस्चराइजर क्रिम सकेसम्म लगाउँदा राम्रो, किनभने रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । त्यसैले सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ । एन्टिएजिङ, दागधब्बालगायत समस्याबाट पनि मुक्त हुन सहयोग पुग्छ । 
  • छाला स्वस्थ राख्नका लागि स्वस्थ र सन्तुलित आहार आवश्यक हुन्छ । मद्यपान, धूम्रपान, जंकफुड र अत्यधिक चिल्लो खानेकुराबाट टाढा रहनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । सिजनअनुसारका फलफूल तथा ताजा तरकारी खानुपर्छ । 
ad
ad