Skip This
भरतपुर मावि मतदान केन्द्र महिला कर्मचारी मात्रको नेतृत्वमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख १० आइतबार १o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर मावि मतदान केन्द्र महिला कर्मचारी मात्रको नेतृत्वमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १o:२५:oo

उपनिर्वाचन भइरहेको चितवन २ को भरतपुर– १० मा स्थित भरतपुर माध्यमिक विद्यालयको मतदान केन्द्रको नेतृत्व महिलाले मात्र गरेका छन्। तीन हजार चार सय ४६ मतदाता रहेको यस केन्द्रमा २० जना महिला कर्मचारी खटिएका छन्।

मतदान केन्द्र चारवटा छन्। महिला कर्मचारीको प्रयासबाट मतदानस्थलको निर्माण सम्पन्न गरी मतदान प्रक्रियालाई सहज र शान्त ढंगबाट सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको मतदान अधिकृत विष्णुमाया विकेले बताइन्। चितवन २ मा उपनिर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र बनाइएको छ।  

चितवन २ मा एक लाख २४ हजार ६ सय ९५ मतदाता छन्। तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एकजना तेस्रोलिंगी रहेका छन्। 

चितवन २ को निर्वाचन सम्पन्न गर्न ६ सय ९० कर्मचारी खटिएको छन्। १३ सयभन्दा बढी प्रहरीसँगै बाहिरी घेरामा ६ सय सशस्त्र प्रहरी र नेपाली सेनाका साढे चार सयभन्दा बढीको सुरक्षा टिम  निर्वाचनको  सुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए।