१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तिब्बतीलाई नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु धरौटीमा छुटे, चारजना जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:oo:oo

आर्थिक चलखेलका आधारमा तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको घटनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी धरौटीमा छुटेका छन् । नागरिकता लिने दुई तिब्बती शरणार्थी र बिचौलिया भने जेल चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका नासु देवराज गौतम साढे तीन लाख धरौटीमा छुटेका हुन् । तिब्बती शरणार्थीद्वय निमा ल्हामो गुरुङ र लोब्साङ ठिन्ले तथा बिचौलियाहरू कृष्णबहादुर कटवाल र हिरालाल सिवाकोटी जेल चलान भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

नक्कली बाबु बनेर नागरिकता दिलाउन सघाउने न्युल्केश श्रेष्ठ र जिल्ला प्रशासनमा क्यान्टिन चलाउने विजय लामासँग तीन–तीन लाख रुपैयाँ धरौटी माग भएको छ । प्रहरीले उनीहरूमाथि नागरिकतासम्बन्धी कसुरको अभियोग लगाएको थियो । 

दुवै शरणार्थीको नागरिकतामा प्रशासकीय अधिकृत लेखनाथ खतिवडाले हस्ताक्षर गरेका थिए । उनलाई भने कागज गराएर प्रहरीले अभियोगबाट जोगाएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा एउटा नागरिकतामा पाँच लाख रुपैयाँसम्मको लेनदेन भएको उल्लेख छ । बिचौलियाहरूले नासु गौतममार्फत सिडिओ कार्यालयमा सेटिङ मिलाएको बयान दिएका थिए । नागरिकता दिँदा पनि एकै व्यक्ति पाँचजनाको बाबु बनेर उपस्थित हुँदा पनि कर्मचारीले नागरिकता दिइरहेका थिए । 

प्रहरीले पाएको सूचनामा यसरी करिब पाँच सयजनाले नागरिकता लिएका छन् । हाल प्रहरीले ३० वटा शंकास्पद नागरिकतामाथि अनुसन्धान गरिरहेको छ । शरणार्थीलाई कर्मचारीकै मिलेमतोमा नागरिकता दिएको संवेदनशील विषयमा गृह मन्त्रालयले भने आन्तरिक छानबिनसमेत गरेको छैन ।

ad
ad