मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रथजात्राका लागि रातो मत्स्येन्द्रनाथलाई सिँगारिँदै । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ७ बिहीबार १०:१७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

११ वैशाखदेखि रातो मत्स्येन्द्रनाथ रथजात्रा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ७ बिहीबार १०:१७:००

ऐतिहासिक एवं सांस्कृतिक महत्वको रातो मत्स्येन्द्रनाथ रथजात्रा ११ वैशाखदेखि सुरु हुने भएको छ । जात्राका लागि गुठी संस्थान ललितपुर शाखाले ११ वैशाखका लागि साइत निकालेको हो । 

एक महिनासम्म चल्ने यो जात्रामा मत्स्येन्द्रनाथको रथ तानेर ललितपुरका विभिन्न ऐतिहासिक स्थल परिक्रमा गराइन्छ । रथ निर्माणका लागि भक्तपुर तथा काभ्रे क्षेत्रबाट काठ ल्याउने गरिन्छ । रथ गुडाउने क्षेत्रको सरसफाइ, सडक व्यवस्थापन, बिजुलीका तार व्यवस्थित गर्ने काय सुरु भएको छ । रथ अग्लो हुने भएकाले रथयात्राको रुटमा अवरोध हुने रूख काट्ने, बिजुलीका तार निकाल्नेलगायत काम गरिन्छ ।

करिब ४० फिट अग्लो रथ निर्माणका लागि नेवार समुदायका युवा र पाका पुस्ता जुटेका छन् । जात्रा सुरु हुने पहिलो दिन रातो मत्स्येन्द्रनाथ देवतालाई रथारोहण गराइने पुजारी कपिल बज्रचार्यको भनाइ छ । उनका अनुसार रथ निर्माणका लागि करिब १५ दिन लाग्छ । एक सातायता रथ निर्माणको तयारी भइरहेको छ । ‘यो जात्रा निकै ठूलो जात्रा हो, यसको व्यवस्थापनका लागि धेरै समय लाग्छ,’ उनले भने ।

रथयात्रा पुल्चोक, गाःवहाल, सुन्धारा, लगनखेल थटिटोल, कुमारीपाटी, मानभवन हुँदै जावलाखेल पुगेर राष्ट्रप्रमुखलाई भोटो देखाएपछि सकिन्छ । विभिन्न टोल परिक्रमा गराउँदै करिब एक महिनामा पुल्चोकदेखि जावलाखेलसम्म रथ आइपुग्छ । रथ यात्राका क्रममा स्थानीयले मत्स्येन्द्रनाथको पूजाआजा गर्छन् ।