१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o६:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अरभिन्दले खेले करिअरकै उत्कृष्ट इनिङ्स

भृत्या अरभिन्दको एक सय ८५ रनको शतकीय इनिङ्सको सहयोगमा युएईले कुवेतलाई एक सय ४३ रनले हरायो, अरभिन्दले १७ चौका र नौ छक्का प्रहार गरे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२२:oo

एसिसी पुरुष प्रिमियर कपअन्तर्गत बुधबार युएई र कुवेतबीचको खेल एकपक्षीय रह्यो । आइसिसीले यस खेललाई एकदिवसीय मान्यता प्रदान गरेको थिएन । एकदिवसीय खेलको मान्यता प्राप्त हुँदा युएईका दायाँहाते ब्याट्सम्यान भृत्या अरभिन्दको उत्कृष्ट इनिङ्सले एसोसिएटतर्फ इतिहास नै रच्ने थियो । कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अरभिन्दको ब्याट चल्यो । उनले करिअरकै अविश्वसनीय खेल देखाए । 

धेरैले कुवेतविरुद्धको अरभिन्दको आकर्षक स्ट्रोक र क्लिन हिट सम्झनेछन् । क्रिजमा आएदेखि नै आक्रामक शैलीमा ब्याटिङ गरेका अरभिन्दले समूह बीको आफ्नो पहिलो खेलमै एक सय ८५ रनको सानदार शतकीय इनिङ्स खेले । इनिङ्सको अन्तिम ओभरमा पेभेलियन फर्किएका अरभिन्द दुई सय रन कटाउन चुके । उनले यसका लागि प्रयास नगरेका होइनन् । एसोसिएट राष्ट्रका ब्याट्सम्यानमध्ये सर्वाधिक व्यक्तिगत रन बटुलेका अरभिन्दको इनिङ्समा एक सय ४७ बलमा १७ चौका र नौ छक्का समावेश थियो । 

अरभिन्दको यसै दुर्लभ इनिङ्सको मद्दतमा युएईले कुवेतलाई एक सय ४३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । त्रिवि मैदानमा पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ७१ रनको योगफल बनायो । कुवेतले ३६.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २८ रन बनायो । 

तीन ब्याट्सम्यानले सम्हालेको युएई
कुवेतविरुद्ध युएईले कुल ६ विकेट गुमाएको थियो । चार ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । तीन ब्याट्सम्यानले भने युएईलाई कल्पना नगरेको योगफलसम्म पु¥याए । रोहन मुस्तफाले एक सय १८ रनको शतकीय इनिङ्स खेले । त्यसपछि अरभिन्दले पनि शतक हाने । आइसिसी विश्वकप लिग–२ मा नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेका आसिफ खानले नौ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ३० रन बनाए । रोहनले एक सय २५ बलमा चार छक्का र १० चौका प्रहार गरे । युएईले १९ अतिरिक्त रन पायो । 

कुवेतले सुरुको पाँच ओभरमा निकै कसिलो बलिङ गर्दै एकदिवसीय मान्यताप्राप्त युएईमाथि चर्को दबाब राख्यो । इनिङ्सको ४.४ ओभरमा युएईले तीन ब्याट्सम्यान गुमाउँदा स्कोर बोर्डमा २४ रन मात्र बनाएको थियो । विश्वकप लिग–२ र एकदिवसीय विश्वकपको प्लेअफको अनुभव बटुलेको युएईले कमजोर प्रतिद्वन्द्वीविरुद्ध खेल कसरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने उदाहरण देखायो । अरभिन्द र रोहनले तेस्रो विकेटका लागि प्रतियोगिताकै कीर्तिमानी रूपमा दुई सय २७ रनको साझेदारी गरे । दोहोरो शतकीय साझेदारीमा अरभिन्दले १२६ बलमा १४२ रनको योगदान दिए । 

रोहनले १२५ बलमा ११८ रनको योगदान दिए । अरभिन्द र रोहनले ४.४ देखि ४६.३ ओभरसम्म ब्याटिङ गरेका थिए । लगातार ४२ ओभरसम्म भएको साझेदारीलाई कुवेतका साएद मिनिबले तोडेका थिए । रोहन आउट हुँदा युएई २९९–४ को बलियो अवस्थामा पुग्यो । अरभिन्द र आसिफले पाँचौँ विकेटका लागि केवल १७ बलमा ६७ रनको साझेदारी गरे । 
बलिङमा पर्भिन्दर कुमार सर्वाधिक खर्चिलो देखिए । उनले तीन ओभरमा दुई विकेट लिन ४५ रन खर्चे । साएदले ९० रनमा एक विकेट हात पारे । सैराज खानले ७९ खर्चंदा पनि विकेट लिन सकेनन् । कुवेतका बलर खर्चिलो देखिँदा युएईले अन्तिम १२ ओभरमा एक सय ९५ रन जोडेको थियो । 

कुवेतको प्रयास
विशाल लक्ष्य पछ्याएको कुवेतका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेले । ३६.३ ओभरमा अलआउट हुनुअघि कुवेतले प्रतिओभर ६.२४ को रनरेटमा ब्याटिङ गरेको थियो । पर्भिन्दर र साएदलाई अन्य ब्याट्सम्यानले गतिलो साथ नदिँदा कुवेत लक्ष्यसम्म पुग्न सकेन । यी दुई ब्याट्सम्यानलाई अन्य खेलाडीले साथ दिँदा युएईको विशाल योगफल संकटमा पर्न सक्थ्यो । पर्भिन्दरले २६ बलमा सात छक्का र एक चौकाको सहयोगमा ५३ रन जोडे । साएदले ३६ बलमा ६ छक्का र पाँच चौकाको मद्दतमा ६८ रन बनाए । कुवेतको ब्याटिङमा ब्याट्सम्यानले १४ छक्का र १९ चौका प्रहार गरे । युएईको ब्याटिङमा १६ छक्का र ३३ चौका प्रहार भएको थियो । 

ओमान ४० रनले विजयी
आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको ओमानले समूह एमा कतारलाई ४० रनले हराएको छ । विश्वकप लिग २ को एसोसिएटतर्फ दोस्रो वरीयता पाएको ओमानले मूलपानी मैदानमा पहिलो ब्याटिङ गरी आठ विकेट गुमाएर दुई सय ४९ रन बनाएको थियो । प्रत्युत्तरमा कतारले ४७.२ ओभरमा सबै विकेट गुमाएर दुई सय नौ रन जोड्यो । 

ad
ad