१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलको भोल्टे सेवा आइफोनमा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo

नयाँ वर्षबाट आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकले स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरेपश्चात् एनसेलले आइओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि रहेको जनाइएको छ । यसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने जनाइएको छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकैसाथ फाइदा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।   

एनसेल भोल्टे सेवा लिने आइफोन प्रयोगकर्ता ग्राहकले २८ दिनका लागि मान्य रहने एक सय मिनेट अन–नेट भोल्टे टक टाइम पाउने जनाइएको छ । आइफोन–८ र त्यसपछिका आइफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकले भोल्टे सेवा लिन र एक सय मिनेट बोनस टक टाइमका लागि योग्य हुने कम्पनीले जनाएको छ ।

भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आइफोन प्रयोग गर्ने ग्राहकले भौतिक सिमलाई इ–सिममा अपग्रेड गरेमा सात दिन मान्य रहने दुई जिबी बोनस डेटा पाउने योजना ल्याएको जनाएको छ । बोनस डेटा नेपालमा नै अवस्थित आइफोनको आधिकारिक विक्रेतामार्फत आइफोन खरिद गरेका ग्राहकका लागि लागू हुने उल्लेख छ ।

ad
ad