१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्मीमा शीतल बनाउने लस्सी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३४:oo

गर्मी बढेसँगै शरीरलाई थप तरल पदार्थ र शीतलताको आवश्यकता पर्छ । त्यसैले गर्मीमा शीतल बनाउने जुस नै हो । गर्मीमा लस्सीको धेरै माग हुन्छ । स्वास्थ्यका लागि पनि फाइदा छ । लस्सी भन्नेबित्तिकै दहीमा चिनी वा सख्खर हालेर तयार गरिएको पेय पदार्थ बुझिन्छ । तर, लस्सी नै धेरै थरीका हुन्छन्, तिनको विशेषता पनि छ ।

स्विट कर्डमा जुनसुकै फ्लेबर फ्रुट वा ड्राइफ्रुट हालेर ब्लेन्ड गर्‍याे त्यही लस्सी बन्छ । जस्तो, स्ट्रबेरी लस्सी, केरा लस्सी, म्यांगो लस्सी, पपैया लस्सी, ड्रागनफ्रुट लस्सी, एभोकाडोे लस्सी, किवी लस्सीलगायत थुप्रै हुन्छन् । 

एभोकाडो लस्सी : यो लस्सी बनाउन पाकेको एउटा ठूलो खालको घिउफल लिएर बोक्रा र दाना निकालेर उमालेर चिसो भएको आधा लिटर दूध हाल्ने र साथमा भिजाएको सात गेडा आल्मन्ड मिसाउने । थोरै आइस र दुई चम्चा मह र दुई चम्चा कगतीको रस हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।

ड्रागनफ्रुट लस्सी : यो लस्सी बनाउन पाकेको ड्रागनफल लिएर तास्ने र टुक्राटुक्रामा काटेर जारमा हाली एक स्कुप भेनिला आइसक्रिम हाल्ने, साथमा चिल मिल्क एक कप र दही एक कप, एक चम्चा चिनी हाली ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।

किवी लस्सी :  यो लस्सी बनाउनु छ भने ग्रिक योगहर्ट उत्तम हुन्छ । एक कप कर्डमा दुईवटा किवी ताछेर हाल्ने र एक चम्चा मह, दुई मुन्टा पुदिना हाली ब्लेन्ड गरी अन्तमा थोरै भेनिला एसेन्स, कार्डमम एसेन्स ड्रप गरी चलाएर सर्भ गर्ने । 

म्यांगो लस्सी : यो लस्सी बनाउन पाकेको ठूलो एक दाना आँपको बोक्रा र कोया हटाई ब्लेन्डरमा राख्ने । एक चम्चा मह, आधा–आधा कप चिल दही र दूध हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।

स्ट्रबेरी लस्सी : यो लस्सी बनाउन राम्ररी पाकेको सातदेखि १० दाना स्ट्रबेरी लिएर सफा गर्ने र आधा कप दही, सय एमएल दूध, स्ट्रबेरी सिरप दुई चम्चा, एक स्कुप स्ट्रबेरी आइसक्रिम हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।

ad
ad