१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा  कोरोना संक्रमण बढ्दै, एक महिलाको मृत्यु

नयाँ वर्ष र बिसु मनाउन भारतबाट घर फर्कने बढेसँगै कोरोना संक्रमण देखिन थाल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३९:oo

सुदूरपश्चिममा केही दिनयता कोरोना संक्रमण बढेको छ । १३ दिनको अवधिमा दुई सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित एकजनाको मृत्यु भएको छ । नयाँ वर्ष र बिसु मनाउन भारतबाट घर फर्कने बढेसँगै कोरोना संक्रमण देखिन थालेको हो । यहाँ कोरोना संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट फर्केकाहरू हुन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत २१ चैतयता दुई सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक सय ९२ जनामा नाकामै गरिएको परीक्षणमा संक्रमण देखिएको निर्देशनालयका कोरोना सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । अहिले भारतमा कोरोना संक्रमण बढेकाले त्यहाँबाट फर्कनेमा पनि संक्रमण देखिन थालेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको जोशीले बताए । केही दिनअघिसम्म सुदूरपश्चिममा संक्रमण दर शून्य थियो । 

नयाँ वर्षसँगै नयाँ वर्षको पहिलो दिन मनाइने सुदूरपश्चिमको मौलिक पर्व बिसुका लागि यहाँका विभिन्न नाका भएर दुई साताको अवधिमा करिब १५ हजार जना स्वदेश फर्किएको निर्देशनालयको तथ्यांक छ । दुई साताको अवधिमा भारतबाट फर्कनेमा समेत गरी करिब नौ हजारजनाको पिसिआर एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको जोशीले जानकारी दिए । स्वास्थ्यमा जटिलता उत्पन्न भई संक्रमितहरू अस्पताल भर्ना हुने दर भने न्यून छ । 

भारतबाट फर्कनेमा संक्रमण देखिन थालेपछि सीमानाकामा कोरोना परीक्षण बढाइएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा भारतसँगका प्रमुख नाका गड्डाचौकी र त्रिनगरसहित प्रदेशभरि पाँचवटा नाकास्थित हेल्थ डेस्कबाट कोरोना परीक्षण भइरहेको छ । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । एक सातादेखि उपचाररत कञ्चनपुरकी ७३ वर्षीया महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरका अनुसार ती महिला मुटुसम्बन्धी रोगबाट पीडित थिइन् ।

बिरामी भएपछि गत २४ चैतमा उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । २६ चैतमा कोरोना संक्रमण रहेको पुष्टि भएकी ती महिलालाई अस्पतालको कोभिड वार्डको आइसियूमा राखेर उपचार थालिएको थियो । कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा पुगेपछि सुदूरपश्चिममा करिब एक वर्षयता संक्रमितको मृत्युदर शून्यमा झरेको थियो । 

ad
ad