१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

खड्क गर्बुजाको ठाडो भाका ‘लाउरे’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १७:५५:oo

लोकदोहोरी गायक खड्क गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने ठाडो भाका ‘लाहुरे’ ल्याएका छन्। गर्बुजा र तारा श्रीस मगरको स्वर रहेको गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ।


नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा केकी अधिकारी र राहुल केसीको अभिनय देख्न सकिन्छ।

‘म पनि सानैमा लाहुरे हुन निस्किएको थिएँ । जिन्दगीको लय मिलाउन वा भनौँ केही थान सपनाहरू किन्न हानिएको थिएँ भारततिर । त्यसै फर्किएँ । अहिले युवाहरू खाडी मुलुकतिर लाहुरे हुन जानुपरेको छ,’ गीतलाई सम्झिँदै गर्बुजाले भने। 

ठाडो भाकालाई बिबी अनुरागीले एरेन्ज गरेका हुन् भने संगीत गर्बुजाकै रहेको छ। सुनील क्षेत्रीले नृत्यको कोरियोग्राफी गरेका छन् भने राजु केसीको भिडियो निर्देशन रहेको छ। केसिएम डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई रक्ष बानियाँ केसी र आकाश केसीले निर्माण गरेका हुन् ।

ad
ad