मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३० बिहीबार १९:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगानीमैत्री वातावरण बनाउन पहल गर्छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १९:o५:oo

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हँसाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। उनले पछिल्लो समय व्यवसायीहरूलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताए।

उनले आन्तरिक र वैदेशीक लगानी ल्याउनको लागि निजी क्षेत्रले पहल गर्ने बताए। उनले मुलुकभित्रै लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न पहल गर्ने बताए।