१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डढेलोले वायु प्रदूषण बढेपछि सरकारले भन्यो– श्वासप्रश्वाससम्बन्धी बिरामी घरबाहिर ननिस्कनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४५:oo

डढेलाका कारण वायु प्रदूषण बढेर आकाश धुम्म हुन थालेपछि सरकारले चेतावनी जारी गरेको छ।

काठमाडौं उपत्यकासहित मुलुकको मध्य र पूर्वी भागमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यलाई हानी गर्ने अवस्थामा पुगेपछि वातावरण विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकोले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको हो। साथै, अन्य उमेर समूहका व्यक्तिलाई पनि घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनिएको छ।

गर्मी बढेसँगै बारा, पर्सा, चितवनलगायत देशभर एक सय ४० भन्दा बढी स्थानमा डढेलो लागेको छ भने सुक्खाका कारण धुलो बढी उड्दा प्रदूषण बढ्न मद्दत गरेको छ। जसकारण बिहान र बेलुका प्रदूषणको मात्रा अत्यधिक बढेको छ।

बुधबार साँझ काठमाडौंको शंखपार्कस्थित वायु प्रदूषण मापन केन्द्रमा एयर क्वालिटी इन्डेक्स (वायुको गुणस्तरको मात्रा) २०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। यो सूचकांक हावामा रौँभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पिएम–२.५)मा मापन गरिएको हो। भैँसेपाटीमा १७७, खुमलटारमा १६९ र हेटौँडामा ११८ रहे पनि तराईलगायत अन्य सहरको वायु मापन केन्द्रको तथ्यांक उपलब्ध छैन। यसको अर्थ त्यहाँको वायु प्रदूषणको मात्रा सरकारलाई पनि थाहा छैन।

तर, विभागका महानिर्देशक गिरीले जारी गरेको विज्ञप्तिमा वन डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्न आमसमुदायलाई अपिल गरिएको छ भने फोहोरजन्य वस्तु नबाल्न भनिएको छ। ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउनु हुन आमसर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिन्छ,’ विभागले भनेको छ।

ad
ad