१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निमामा मेडिकल प्रवेश परीक्षा तयारी कक्षा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:५८:oo

निमा पुस्तक प्रकाशनले मेडिकल प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गरेकोे छ । चिकित्सा क्षेत्रको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, पारामेडिकललगायतका शैक्षिक कोर्सहरूको तयारी कक्षा सञ्चालन गरेको हो । 

विगत ३५ वर्षदेखि शैक्षिक सामग्री प्रकाशन गरेर विशिष्ट पहिचान बनाएको निमा पुस्तक प्रकाशनले काठमाडौंको प्रदर्शनीमार्गस्थित निमा मेडिकल इन्ट्रान्स प्रिपेरेसनको भवनमा तयारी कक्षा सञ्चालन गर्ने निमाका अध्यक्ष हरिमान प्रधानले बताए । 

विगतमा विभिन्न संस्थामा आबद्ध भएका प्रतिष्ठित विज्ञहरूले चिकित्सा शिक्षाकाे प्रवेश परीक्षाका लागि लक्षित गरेर सूक्ष्म अध्यापन गराउने र उत्कृष्ट नतिजा निकाल्ने निमाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । नेपाल तथा भारतका अनुभवी विज्ञहरूबाट कक्षाहरू सञ्चालन हुने र विद्यार्थीलाई निःशुल्क ई–बुक, साप्ताहिक नमुना परीक्षा र एकाइ परीक्षामा सहभागी हुने अवसर हुने उल्लेख छ । 

विगत चार महिनाअघि संस्थाद्वारा निःशुल्क रूपमा भौतिक र अनलाइन कक्षा सञ्चालनमा रहेको थियो । उक्त कक्षामा सहभागी एकजना विद्यार्थीले प्रथम स्थानमा छात्रवृत्ति र अन्य १२ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गरेको जनाएको छ ।

विद्यार्थीको आवश्यकता र चाहनालाई मध्यनजर गरी भौतिक तथा अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएको छ । प्रेस विज्ञप्तिमा अध्यापन र अध्ययनलाई प्रभावकारी बनाउन अडिओ–भिडियाे शिक्षण, विशिष्ट कक्षा सञ्चालन र ४० हजारभन्दा बढी बहुवैकल्पिक प्रश्नोत्तरकोसमेत अभ्यास गराइने प्रतिबद्धता छ । 

ad
ad