१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

‘रत्न-महेश्वर स्मृतिग्रन्थ’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३९:oo

‘रत्न–महेश्वर स्मृतिग्रन्थ’को आज सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’सहित उपस्थिति सबैले उक्त स्मृतिग्रन्थ कृतिको लोकापर्ण गरे । 

त्यसक्रममा गौतमले महेश्वर र रत्न घिमिरेका बारेमा स्मृतिग्रन्थ लेखेर महेश्वर र रत्न सन्ततीहरूले आफ्ना पितृहरूप्रति देखाएको श्रद्धा, भक्ति र समर्पण उदाहरणीय रहेको बताए ।

उनले कृतिले भावीपिढीलाई अग्रजहरूप्रति सम्मान गर्न अभिप्रेरणा मिल्ने धारणा राखे । 

कृतिमाथि टिप्पणी गर्दै डा. रमेश शुभेच्छुले सन्तानहरू शिक्षित हुँदै गएपछि आफ्ना पुर्खाहरूको श्रद्धा र सम्मानमा स्मृति ग्रन्थहरू लेखिने भन्दै रत्नकुमारी र महेश्वरको योगदानको चर्चा गरे ।

उनले कृतिबाट आयोजक परिवारमा पिता, माता र पितृहरूप्रति श्रद्धा गर्ने क्षमता र गुण विद्यमान रहेको देखिने भन्दै उनीहरूको यस किसिमको अनुकरणीय कार्यको प्रसंशा व्यक्त गरे ।

कार्यक्रममा कृतिका सम्पादक गणेश घिमिरेले स्मृतिग्रन्थको औचित्यमाथि प्रकाश पार्दै कृतिभित्र समेटिएको लेख रचनाको चर्चा गरेका थिए ।

ad
ad