१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

वसन्त चौधरीको ‘आहाना’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५७:oo

कवि तथा गीतकार वसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी)को जन्मदिनको अवसरमा बालकवितासंग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलको सभाहलमा आयोजित एक समारोहका बीच कवि चौधरीले लेखेको बालकवितासंग्रह ‘आहाना’ विमोचन गरिएको हो । 

कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बालकवितासंग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका कविता तथा गीतहरूका २० वटाभन्दा बढी संग्रह प्रकाशित भइसकेका छन् ।

कवि चौधरी, उनकी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी) तथा आहानाका पिता पारस शाक्य र बालबालिकाले बालकवितासंग्रह ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए । बालकवितासंग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । ‘कोपिला किताब’ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविता समेटिएका छन् । 

कवितासंग्रह विमोचन समारोहमा बोल्दै कवि वसन्त चौधरीले आफू निकै खुसी भएको उल्लेख गर्दै भने, ‘यस्तो लागिरहेछ कि वसन्तको आगमन फेरि भएको छ । मन प्रफूल्लित छ ।’ 

ad
ad