१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अपराजित मनाङ शीर्ष स्थानमा उक्लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१८:oo

मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९/८० को शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले हराउँदै मनाङ लिगको छैटौँ चरण समाप्तिपछि पहिलोपटक शीर्ष स्थानमा पुगेको हो ।

जितसँगै मनाङले ६ खेलबाट सर्वाधिक १४ अंक जोडेको छ । मनाङले अपराजित यात्रामा चार जित र दुईबराबर नतिजा निकाल्यो । एक खेल बढी खेलेको जावलाखेलको समान १४ अंक छ । तर, गोलअन्तरका आधारमा जावलाखेल दोस्रो स्थानमा रह्यो । खुमलटार युथ क्लबसँग २–२ गोलको बराबरीमा रोकेपछि जावलाखेलले शीर्ष स्थान जोगाउन सकेन । मनाङसँग पराजित फ्रेन्ड्स चार अंकसहित लिगको १२औँ र खुमलटार सात अंकसहित नवौँ स्थानमा छन् । 

मनाङका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीको मिहिनेतका कारण टोली शीर्ष स्थान पुगेको बताएका छन् । ‘यो सबै उपलब्धि खेलाडीको मिहिनेतका कारण हो, अहिले खेलाडीबीच तालमेल राम्रो छ,’ मनाङका प्रशिक्षक श्रेष्ठले भने, ‘खेलाडीले एकले अर्कालाई विश्वास गर्छन्, यस कारण नतिजा हाम्रो पक्षमा आइरहेको छ ।’ 

विदेशी खेलाडी कोफी टिमोथीले दुई गोलको सहयोगमा मनाङले फ्रेन्ड्सविरुद्ध सहज जित निकाल्यो । मनाङले फ्रेन्ड्सविरुद्ध दुवै गोल काउन्टर अट्याकमा गरेको थियो । अफ्रिकन राष्ट्र टोगोका कोफीले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरे । खेलको ३४औँ मिनेटमा उनले मनाङलाई १–० को अग्रता दिलाए ।

कमल थापाको पासमा कोफीले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरे । खेलको ५२औँ मिनेटमा कोफीले मनाङलाई २–० को स्थितिमा राखे । सुमित श्रेष्ठको काउन्टरमा प्राप्त पासलाई कोफीले बक्सभित्रबाट सहजै गोल गरे । लिगमा उनको तेस्रो गोल हो । 

ad
ad