१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ चैत २४ शुक्रबार १३:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली अस्पतालमा डाइलाइसिस सेवा सुरु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ चैत २४ शुक्रबार १३:१३:००

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले डाइलाइसिस सेवा सुरु गरेको छ। शुक्रबारदेखि अस्पतालले डाइलाइसिस सेवा सुरु गरेको हो।

अस्पताल स्थापनाको ६ दशकपछि मिर्गौलाका बिरामीको उपचारका लागि डाइलाइसिस सेवा सञ्चालन गरेको छ। अहिले परीक्षण सेवा सुरु गरिएको छ।

महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले अहिले ट्रायलकै रूपमा सेवा सुरु भएको बताए। ‘हामीसँग पाँच मेसिन छन्,’ उनले भने, ‘मेसिनअनुरूप बेड राखेर सेवा सञ्चालन गरिरहेका छौँ।’ 

भीमदत्त नगरपालिका– १० तिल्केनीका नन्दराज जोशीको उपचार भइरहेको छ। तीन वर्षदेखि मिर्गौलापीडित जोशीले अब घर–आँगनकै अस्पतालमा उपचार सेवा सुरु भएपछि खुसी व्यक्त गरेका छन्। ‘पहिले धनगढी सेती अस्पतालमा उपचार गर्न जान्थेँ,’ उनले भने, ‘आजदेखि मैले यहीँ सेवा पाउँदा खुसी लाग्यो।’ 

डाइलाइसिस सेवा सुरुवात गरेकै दिन स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिस्ट डा. जुजुराज श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाका डा. खगेश्वर गेलालसहितले सेवाको निरीक्षण गरेका छन्। 

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डाइलाइसिस सेवा विस्तार गरिने बताए। अध्यक्ष भट्टका अनुसार हाललाई पाँचबाट वृद्धि गरेर १० बेड बनाउने लक्ष्य छ। ‘अहिले दिउँसो मात्रै दुई सिफ्टमा चलाउने योजना छ,’ उनले भने, ‘बिस्तारै डे–नाइट चलाउँछौँ।’

डाइलाइसिस कक्षमा नर्सिङ अधिकृत राजेश्वरी समाल (बडाल)ले जिम्मेवारी पाएका छन्।