१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
कञ्चनपुरको महाकाली अस्पतालमा बाल चिकित्सा कोडिभ अस्पताल भवनको शिलान्यास गर्दै समाजिक विकास मन्त्री लाल ब. खडका 
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १९ बुधबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाकाली अस्पतालमा छुट्टै बाल कोडिभ अस्पताल निर्माण हुने

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३३:oo

तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि कञ्चनपुरको महाकाली अस्पतालले तयारी थालेको छ । महाकाली अस्पतालले चालू आर्थिक वर्ष ०७८–७९ मा बाल चिकित्सा कोडिभ अस्पताल निर्माण गर्न लागेको हो । 

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आइसोलेसन भवन निर्माण गर्न लागेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) तेस्रो चरणमा आउन सक्ने महामारी नियन्त्रणको पूर्वतयारीका लागि शिशु, बालबालिका उपचारका लागि भवन निर्माण भइरहेको बताए । ५० बेडको बाल चिकित्सा कोडिभ अस्पताल सञ्चालन हुने अध्यक्ष जोशीले बताए ।  

‘हामीले तेस्रो चरणमा आउन सक्ने महामारी नियन्त्रणका लागि तयारी थालिसकेका छौँ,’ अध्यक्ष जोशीले भने, ‘एकातिर अक्सिजन प्लान्टको पनि काम भइरहेको छ, अर्कातिर बालबालिकाका लागि कोडिभ अस्पताल निर्माणमा जुटेका छौँ, त्यहीअनुरूप जनशक्ति व्यवस्थापनसमेत भइरहेको छ ।’  

छुट्टै भवन निर्माणसँगै कोरोना संक्रमित बालबालिकाको उपचारका लागि सहज हुने अध्यक्ष जोशीको भनाइ छ । झन्डै ९० लाखमा जेभी निर्माण सेवाले ५ असोजभित्रै भवन निर्माण गरिसक्ने सम्झौता गरेको छ । सम्झौताअनुरूप समयमै काम सक्नेसमेत अस्पताल एवं प्रदेश सरकारले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । 

ad
ad