१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घामको एलर्जीबाट कसरी बच्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४३:oo

घामले मानिसको छालामा विभिन्न एलर्जी हुनुका साथै छाला कालो हुन्छ । अहिले बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालामा नकारात्मक असरहरू देखा परेका छन् । प्रदूषणका कारण छालामा दाग आउने, डन्डिफोर आउने समस्या दिनप्रतिदिन बढ्दै गएको छ ।

चर्काे घाममा धेरै हिँड्दा छाला सुक्खा हुने, रातो हुने, फुस्रो हुने, डढ्ने घामको सबैभन्दा नराम्रो असर हो । यति मात्रै होइन, चर्काे घाममा हिँड्दा शरीरमा मसिना दानाजस्तो देखिन्छ । यसलाई हामीले घामको एलर्जी भन्ने बुझ्नुपर्छ ।

घामको एलर्जी खतरा पनि हुन सक्छ । जसका कारण मानिसलाई अनेकौँ समस्या आउने गर्दछ । एलर्जी हुनुअघि आफ्नो छालालाई सुरक्षा गर्न सक्यो भने यस्ता समस्याबाट बच्न सकिन्छ । 

यसरी जोगिने  
- घरबाहिर निस्कँदा बडीलोसन, सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । जसकारण घामले छाला डढ्ने समस्याबाट जोगाउन सक्छ ।

- अनुहारको छालाको सुरक्षाका लागि सनग्लास र मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म घरबाट बाहिर निस्कँदा छाता प्रयोग गर्दा छाला डढ्नबाट जोगिन्छ ।

- हामीले सनस्क्रिन लगाउने तरिका पनि जान्नुपर्छ । हामी घरबाट निस्कने वेला मात्रै सनस्क्रिन लगाउँछौँ । तर, घरबाहिर निस्किनुभन्दा १५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । हामीले दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । यसो गर्दा छाला जोगिन्छ । 

- आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सकसँग परामर्श लिएर मात्रै सनस्किन क्रिम र लोसन प्रयोग गर्दा राम्रो हुन्छ । 

- शरीर नुहाएपछि मस्चराइजर क्रिम लगाउनुपर्छ । राति सुत्ने वेला अनिवार्य मस्चराइजर क्रिम लगाउनुपर्छ । 

ad
ad