मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
रमेश रावल सुर्खेत
२०७९ चैत १७ शुक्रबार १७:४१:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ चैत १७ शुक्रबार १७:४१:००

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शर्माले शुक्रबार विश्वासको मत पाउँ भनी प्रदेश सभामा प्रस्ताव पेश गरेका थिए ।

शर्माको प्रस्तावको पक्षमा ३८ तथा विपक्षमा राप्रपाका १ सांसदले मत दिएका छन् । प्रदेश सभाका ४० सांसदमध्ये ३९ सांसदले मतदान गरेका थिए ।

शर्मालाई विश्वासको मत दिनेमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९ तथा एकीकृत समाजवादी र स्वतन्त्र एक–एक सांसद रहेका छन् ।

एकपटक मौन रहेका नेपाली कांग्रेसका सांसदहरुले अन्तिम अवस्थामा मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन् ।