मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १३ आइतबार
  • Sunday, 25 February, 2024
रमेश रावल सुर्खेत
२०७९ चैत १७ शुक्रबार १६:१७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

‘मुख्यमन्त्री बहुमतमै हुनुहुन्छ, संकट परे सोचौँला’ 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ चैत १७ शुक्रबार १६:१७:००

कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको मुख्यमन्त्री पद संकटमा भए सोच्न सकिने बताएका छन्। 

कर्णाली प्रदेश सभामा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको संकटमा भए सोच्न सकिने बताएका हुन्। 

अहिले कर्णाली प्रदेश सरकार बहुमतमा भएका कारणले विश्वासको मत दिन नसकिने र मुख्यमन्त्री संकटमा भए सोच्न सकिने बताए।

‘विगतमा पनि संकटमा विश्वासको मत दिएका थियौँ,’ उनले भने, ‘सरकार बहुमतमा रहेकाले अहिले केही बोल्दैनाैँ। संकटमा भए सकारात्मक नै छौँ।’