मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत १६ बिहीबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्यायो’   

Read Time : < 1 मिनेट
२०७९ चैत १६ बिहीबार १६:१४:००

उपनिर्वाचनमा कांग्रेसले टिकट नदिएपछि डा. स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन्। उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला र डा. गोविन्द पोखरेललाई म्यासेज गरेर यस्तो जानकारी गराएका हुन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा उपनिर्वाचन लड्न आग्रह गरेको छ। उनले निर्वाचन लड्ने मनसाय बनाएको स्रोतको भनाइ छ। कांग्रेस नेताहरू उनीसँग सम्पर्कको प्रयासमा छन्।

यस्तो छ उनले लेखेको चिठी 

प्रिय शेखर दाइ, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,  

हजुरहरूको अपार सदभावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।
 

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ।

कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँ–जहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।
स्वर्णिम