
आजबाट सुरु भएको सेतो मत्स्येन्द्रनाथको रथयात्रामा उल्लासपूर्ण सहभागिता देखिएको छ। सयौँ स्थानीयले रथ तानेका छन्।
सबै उमेर समूहका स्थानीय यात्रामा सहभागी देखिएका छन्। आज पहिलो दिन अपराह्न ४ बजेबाट मत्स्येन्द्रबहालदेखि सुरु भएको रथयात्रा असनसम्म पुगेको छ।