
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्धारित बैठक सरेको छ । यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलिका लागि आह्वान भएको थियो ।
तर, सो बैठक १६ चैतका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपीनगरमा आगामी बिहीबार कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए । कांग्रेसले सो बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गरेको छ ।
राष्ट्रपति निर्वाचनपछि बनेको नयाँ सत्तासमीकरणको समीक्षा तथा सरकारमा सहभागीहरूको चयनलगायतका विषयमा सो बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।