१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १२ आइतबार १९:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रालय भागबन्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १९:१७:oo

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरूका बीचमा मन्त्रालयको भागबन्डा नटुंगिएको बताएका छन्। 

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन्। 

उनले गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताए। 

कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको उनको भनाइ थियो। 

उनले आगामी ३ दिनभित्रमा सरकारले पूर्णता पाउने बताए। उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार विस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे।