मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ चैत ११ शनिबार १६:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विकासभन्दा बेथिति बढी भयाे : प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
२०७९ चैत ११ शनिबार १६:०४:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्दै गएको बताएका छन्। शनिबार रोट्याक्ट क्लबले दमौलीमा आयोजना गरेको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले विकासभन्दा बेथिति बढी भएकाले त्यसलाई रोक्नुपर्ने बताए।

देशलाई समृद्धितर्फ लैजान सुशासन र विकासका कामहरू गर्नुपर्नेमा विकृति र विसंगति मौलाउँदै गएको उनले टिप्पणी गरे। पछिल्लो समय हरेक क्षेत्र समस्यामा परेको उनको बुझाइ छ। नेता पौडेलले कृषकहरू समस्यामा परेकाले उनीहरूको समस्या समाधानका लागि राज्यले पहल गर्नुपर्ने बताए।