१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १० शुक्रबार १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनकाे तयारी पूरा, अध्यक्षमा भट्टको दाबेदारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १५:३२:oo

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनकाे तयारी पूरा भएको छ। 

महाधिवेशन १७ र १८ चैतमा काठमाडौंमा हुँदै छ। महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व लिन वरिष्ठतम उपाध्यक्ष अम्बादत्त भट्ट अग्रसर भएका छन्। 

संगठनको करिब सात वर्षपछि हुन लागेको महाधिवेशनमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका भट्ट अध्यक्षको एकल दाबेदारका रूपमा देखिएका छन्। 

यद्यपि, महाधिवेशनमा प्रतिस्पर्धा हुने कि सर्वसम्मत नेतृत्व चयन हुने टुंगो लागिसकेको छैन। 

बैतडी घर भई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्टले नेतृत्वमा आफ्नो स्वाभाविक दाबी रहेको बताए। 

भट्ट ०६९ देखि संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्। ‘व्यक्तिगत दुई कार्यकालदेखि उपाध्यक्ष छु, यसपालि नेतृत्व लिने सोच बनाएको छु,’ उनले भने, ‘नेतृत्वमा अरू साथीको खासै तयारी देखेको छैन। बहुसंख्यक साथीको समर्थन प्राप्त गर्छुजस्तो लाग्छ।’ 

विधान मस्यौदा समितिका संयोजकसमेत रहेका भट्टले संगठनको संरचनागत संख्या तय गर्न संघीय निजामती ऐन नबन्दा कठिनाइ भएको बताए। 

संगठनका सचिव लोकेन्द्र चौलागाईंले प्राविधिक रूपले हल व्यवस्थापनदेखि लिएर प्रचारका लागि ब्यानर, पोस्टर छपाइलगायत तयारी भएको बताए। 

जिल्ला अधिवेशनहरू पूर्ण रूपले सम्पन्न भइसकेको र प्रदेश अधिवेशन भइरहेको उनले बताए। 

१६ गतेसम्म संगठनका सबै इकाइमा अधिवेशन सम्पन्न भएर महाधिवेशनबाट नेतृत्व चयन गरिने उनले बताए। सबैतिरबाट प्रतिनिधि छानिसकेको उनले बताए।  

उनका अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।