मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
२०७९ चैत ९ बिहीबार १८:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक वनको काठ हिनामिना गरेको आरोपमा अध्यक्षसहित आठजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार १८:०९:००

राप्तीसोनारी गाउँपालिका– ५ विनौनास्थित समय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित आठजना पक्राउ परेका छन्।

सामुदायिक वनको घाटगद्दीमा रहेको करिब ५२ लाख रुपैयाँबराबरको काठ हिनामिना गरेको उजुरीको आधारमा अध्यक्ष भोला थारूसहित आठजना पक्राउ परेका डिभिजन वन कार्यालय नेपालगन्जका सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए।

अध्यक्षसहित पक्राउ परेका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारू तथा सदस्यहरू कमला केसी, मानबहादुर विक, रामकली थारू, खडगबहादुर ओली र शिवकुमारी थारूलाई वन कार्यालयको हिरासतमा राखिएको उनले बताए। पक्राउ परेकाहरूलाई घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ।

‘सामुदायिक वनले काठ, दाउरा बेचेको हिसाब देखिँदैन,’ अधिकृत खड्काले भने। उनीहरूले साल, अस्ना, कर्मा, जामुन, शिरीषलगायत जातका काठ बिक्री गरेको डिभिजन वन कार्यालयले जनाएको छ।