Skip This
३५ युट्युब च्यानल काउन्सिलको विशेष निगरानीमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

३५ युट्युब च्यानल काउन्सिलको विशेष निगरानीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:१४:oo

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । 

काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने–नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानललक्षित एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यानललाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन काउन्सिलले विशेष अभियान थालेको जानकारी दिए । ‘युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम हुन् । युट्युबबाट भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण हुनु जरुरी छ,’ बस्नेतले भने, ‘युट्युबको दुरुपयोग होइन, विश्वसनीय र रचनात्मक बनाउन हामी केन्द्रित हुनुपर्दछ ।’ काउन्सिलले यसअघि नै युट्युबलगायत सामाजिक सञ्जालको नियमन तथा व्यवस्थापनका लागि सुझाव दिन कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदनसहित सरकारलाई सुझावसमेत पेस गरिसकेको थियो ।

ad
ad