१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल र भारतीय समकक्षीबीच टेलिफोन संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १९:२८:००

राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले आज टेलिफोन गरेर बधाई दिएकी छन् । 

गत सोमबार शपथग्रहण गरेलगत्तै बधाई चिठी पठाएकी राष्ट्रपति मुर्मूले आज साँझ भारतको केरलाबाट पौडेललाई टेलिफोन गरी बधाई दिएकी हुन् । त्यसक्रममा उनले दुई देशको बहुआयामिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । 

भारतको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार टेलिफोन सम्वादमा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच अनुपम र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । 

उनीहरूले दुई देशका जनताबीचको मित्रताको बलियो साझेदारी थप सुदृढ गर्ने उपायबारे पनि छलफल गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने विश्वास भारतीय समकक्षी मुर्मूले व्यक्त गरेकी छन् । पौडेल राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलोपटक विदेशी समकक्षीसँग टेलिफोन संवाद भएको हो ।