मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:३८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:३८:००

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठ चयन भएका छन् । शुक्रबार चितवनमा सम्पन्न एसाेसिएसनको १७औँ वार्षिक साधारणसभाले सर्वसम्मत पदाधिकारी चयन गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका सिइओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिइओ नरेशसिंह बोहरा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सिइओ डा. इन्द्र कट्टेल चयन भएका छन् ।

नवनियुक्त कार्यसमितिका पदाधिकारीको शपथग्रहणसमेत शुक्रबार नै सम्पन्न भएको छ । एसाेसिएसनको वार्षिक साधारणसभाले आ.व. ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. ०७९/८० को अनुमानित आय–व्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।