मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिको सचिवालयमा तेस्रो नियुक्तिः प्रेस संयोजकमा कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार १८:०७:००

राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस संयोजकमा पत्रकार खिला कार्की नियुक्त भएका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार बिहीबार राष्ट्रपति पौडेलले कार्कीलाई प्रेस संयोजनसमेत गर्ने गरी सचिवालयमा नियुक्त गरेका हुन्।

कार्की नेपाल प्रेस युनियनका पूर्वसचिवसमेत हुन्। कार्की केही समयदेखि पौडेलको प्रेस संयोजन गर्दै आएका थिए। राष्ट्रपतिले जिम्मेवारी सम्हालेपछि सचिवालयमा यो तेस्रो नियुक्ति हो।

मंगलबार राष्ट्रपतिले प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए।