मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार १५:४७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिआरआई कार्यान्वयनमा ल्याउन सरकार दृढ छ : उपप्रधानमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार १५:४७:००

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एन्ड रोड (बिआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ रहेको बताएका छन् ।

सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उनले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एन्ड रोड इनिसिएटिभमा १० वर्ष : नेपालको अनुभव’ विषयक अन्तर्क्रियामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

बिआरआईको शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘नेपाल बिआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको छ । हालसम्म केही ढिलाइ भएको भए पनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बिआरआई परियोजनाको कार्यान्वयन नयाँ कोसेढुंगा हुनेछ भन्नेमा हामी आशावादी छौँ । नेपाल सरकार बिआरआईको सफल कार्यान्वयनमा ढृढ रहेको छ,’ मन्त्री श्रेष्ठले भने ।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टीकरण दिए ।