१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पाँचदिने गोदावरी महोत्सव चैत २९ गतेदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१७:oo

आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा २९ चैतदेखि ३ वैशाखसम्म आयोजना हुन लागेको हो ।  

नेपाली नयाँ वर्ष ०८० र गोदावरी नगरपालिका स्थापना दिवसका अवसरमा ‘आर्थिक समृद्धिका लागि संस्कृति’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नवउद्यमीलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।  

महोत्सवको मुख्य आकर्षणका रूपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहने आयोजकले जनाएको छ । यस्तै, ‘बायर सेलर मिट’मा देशका मुख्य खरिदकर्ता तथा महोत्सव स्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दिगो व्यापारका लागि संयुक्त समझदारीपत्र (एमओयू) समेत गरिने वातावरण निर्माण गरिने आयोजकको भनाइ छ । 

महोत्सवमा दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलका साथै स्थानीय उत्पादन, हस्तकलाका सामग्री, संस्कृति झल्काउने सामग्री, गार्मेन्ट सामग्री, स्थानीय खाद्य उत्पादन, फूलसम्बन्धी उत्पादन, कृषि उत्पादन, वित्तीय संस्थाहरू जस्तै– बैंक, बिमा, शैक्षिक संस्था, परामर्श संस्था, अनलाइन व्यापार तथा सेवालगायतका विभिन्न विधाका स्टल राखिने आयोजकले जानकारी दिएको छ । 

ad
ad