१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २८ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २८ आइतबार १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीको कार्यकालबारे ज्ञवाली भन्छन्- धेरै सन्दर्भमा कार्यकाल स्मरणीय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २८ आइतबार १७:o३:oo

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल धेरै सन्दर्भमा स्मरणीय रहेको समीक्षा गरेका छन्। राष्ट्रपति भण्डारीको आजैबाट पाँचवर्षे कार्यकाल सकिँदै गर्दा ज्ञवालीले उनको कार्यसम्पादनको समीक्षा गरेका हुन्।

‘राज्यका हरेक अंगमा सुनिश्चित न्यूनतम एकतिहाइ महिला सहभागितामा, राष्ट्रिय हितको रक्षाका लागि चालिएका कदमहरूमा, अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली उपस्थितिमा, दुर्गम क्षेत्रहरूबाट उद्धार भएर पुनर्जीवन पाएका सुत्केरी आमा र नवजात शिशुहरूको स्निग्ध मुस्कानमा, कोभिड महामारीका वेला प्राप्त खोपबाट लाभान्वित नागरिकहरूको स्वस्थ जीवनमा, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको अनाहक पीडाबारे विश्वसमक्ष प्रतिध्वनित आवाजलगायत धेरै सन्दर्भमा यहाँको कार्यकालको सधै स्मरण भइरहनेछ,’ भण्डारीको कार्यकालको समीक्षा गर्दै ज्ञवालीले सामाजिक सञ्जालमा भनेका छन्, ‘दुराग्रहपूर्ण, नारीद्वेषी र परपीडक आक्रमणका अन्त्यहीन शृंखलाको त के हिसाब भो र!’

उनले भण्डारीको अवकाशपछिको जीवन पनि सुखद र सिर्जनात्मक होस् भन्दै शुभकामना व्यक्त गरेका छन्। ‘यहाँको अवकाशपछिको जीवन सिर्जनात्मक, सार्थक र सुखद रहोस्– हार्दिक शुभकामना!’