१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

घामको एलर्जीबाट छाला जोगाउन के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:११:oo

गर्मी बढ्दै छ । दिउँसोको समय बाहिर निस्कँदा हामीले छालाको सुरक्षाका लागि विशेष उपायहरू अपनाउनुपर्ने हुन्छ । चर्को घामले मानिसको छालामा विभिन्न एलर्जी हुनुका साथै छाला कालो हुन्छ । बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालामा समस्या देखिन्छ ।

प्रदूषणका कारण छालामा दाग आउने, डन्डिफोर आउने समस्या देखिन सक्छ । चर्काे घाममा धेरै हिँड्दा छाला सुक्खा हुने, रातो हुने, फुस्रो हुने, डढ्ने हुन सक्छ । तसर्थ, हामीले घरबाहिर निस्कँदा बडीलोसन, सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । जसकारण घामले छाला डढ्न पाउँदैन । 

  • अनुहारको छालाको सुरक्षाका लागि सनग्लास र मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म घरबाट बाहिर निस्कँदा छाता प्रयोग गर्दा छाला डढ्नबाट जोगिन्छ ।
  • हामीले सनस्क्रिन लगाउने तरिका पनि जान्नुपर्छ । हामी घरबाट निस्कने वेला मात्रै सनस्क्रिन लगाउँछौँ । तर, घरबाहिर निस्किनुभन्दा १५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । हामीले दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । यसो गर्दा छाला जोगिन्छ । 
  • आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सकसँग परामर्श लिएर मात्रै सनस्किन क्रिम र लोसन प्रयोग गर्दा राम्रो हुन्छ । 
  • शरीर नुहाएपछि मस्चराइजर क्रिम लगाउनुपर्छ । राति सुत्ने वेला अनिवार्य मस्चराइजर क्रिम लगाउनुपर्छ । 
ad
ad