Skip This
बुढासुब्बा गोल्डकपको उपाधि एभिनियरलाई 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बुढासुब्बा गोल्डकपको उपाधि एभिनियरलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:३४:oo

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टोली एभिनियरले जितेको छ । धरान–१६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा (केएफटिसी)लाई १–० ले पराजित गर्दै एभिनियरले २३औँ संस्करणको उपाधि जितेको हो । एभिनियरको जितमा सब्बा अलीले खेलको ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टोली एभिनियरले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख पुरस्कार पाएका छन् । 

एन्फा मोरङलाई २–० ले पराजित गर्दै एभिनियर फाइनलमा पुगेको थियो ।  एभिनियरका प्रशिक्षक आशिक थापामगरका अनुसार दुई वर्षअघि स्थापित क्लबले डेढ दर्जन प्रतियोगितामा सहभागिता जनाइसकेको छ । ‘हामीसँग शारीरिक रूपमा अनुभवी, अग्ला र बलिया खेलाडी छन् । जसले जित निकाल्न सम्भव भएको छ,’ थापामगरले भने । फागुन १३ गतेदेखि भएको गोल्डकपमा तीन विदेशीसहित आठ टोलीको सहभागिता थियो । 

मिलन सर्वाेत्कृष्ट खेलाडी 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी केएफटिसीका मिलन राई घोषित भए । मिलनले एक लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उच्च गोलकर्ता केएफटिसीका निशान लिम्बू घोषित हुँदै नगद २५ हजार पुरस्कार जितेका छन् । निशानले प्रतियोगिताभरि ३ गोल गरेका थिए । 

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक एभिनियरका आशिक थापामगर, उत्कृष्ट स्ट्राइकर केएफटिसीका यमी, उत्कृष्ट मिडफिल्डर एभिनियरका जोय एल्डो, उत्कृष्ट रक्षक एभिनियरका सागु र उत्कृष्ट गोलकिपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका छन् । उनीहरूले जनही नगद २५ हजार प्राप्त गरे । फाइनल खेलको म्यान अफ दी म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित हुँदै नगद १० हजार पुरस्कार हात पारे । उदीयमान खेलाडी धरान फुटबल क्लबका विनोद राई घोषित भए । 

ad
ad