मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण १८ बिहीबार १०:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलको नयाँ बसपार्कमा नि:शुल्क वाइफाई

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १८ बिहीबार १०:४६:००

बुटवलको नयाँ बसपार्कमा नि:शुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वर्ल्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो। 

मंगलबार नि:शुल्क वाइफाई इन्टरनेट सुविधा सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तर्गत नि:शुल्क वाइफाई इन्टरनेट जडान गरिएको जानकारी दिए । उनले बसपार्कलाई यात्रुहरूको विश्रामस्थलका रूपमा सञ्चालन हुने गरी अन्य सुविधाहरूसमेत थप गर्दै जाने बताए । 

वर्ल्डलिंक कम्युनिकेसनका क्षेत्रीय प्रबन्धक आनन्द झाले नि:शुल्क वाइफाई इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाइप्रति खुसी व्यक्त गरे । ‘बसपार्कभित्र लगइन गरेपछि मोबाइलमा एसएमएस आउँछ ।  प्राप्त कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिन्छ,’ उनले भने, ‘मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख गरिएकाे छ ।’