Skip This
बुढासुब्बा गोल्डकप : युके एफसीलाई हराउँदै केएफटिसी फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बुढासुब्बा गोल्डकप : युके एफसीलाई हराउँदै केएफटिसी फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:४४:oo

काँकडभिट्ट फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) २३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरानमा बुधबार भएको सेमिफाइनलमा केएफटिसीले युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३–१ ले पराजित गर्दै अन्तिम दुई स्थान पक्का गरेको हो ।

बिहीबार हुने एभिनियर क्यामरुन र एन्फा मोरङबीचको विजेताविरुद्ध केएफटिसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । केएफटिसीका लागि विदेशी खेलाडी यमी, सुशील राई र निशान लिम्बूले एक–एक गोल गरेका थिए । 

खेलको २२औँ मिनेटमा केएफटिसीले १–० को अग्रता लिएको थियो । यमीले विपक्षी दुई डिफेन्स र गोलरक्षकलाई समेत बिट गर्दै उत्कृष्ट गोल गर्दै केएफटिसीलाई अग्रता दिलाए । युकेएफसीका हेमराज भुजेलले १–१ को बराबरीमा ल्याए । भुजेलले प्रतीक लामाको लङ पासमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । 

दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गर्‍यो । खेलको ४७औँ मिनेटमा सुशीलले टोलीलाई २–१ को अग्रता दिलाए । गिल्सन लिम्बूले डिबक्सभित्र मिलाइदिएको पासमा केएफटिसीका सुशीलले सहजै गोल गरेका हुन् । खेलको अन्तिम इन्जुरी समयमा केएफटिसीले पेनाल्टी पायो ।

डिबक्सभित्र सुशील राईलाई विपक्षी डिफेन्सले फल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीमा निशान लिम्बूले टोलीलाई ३–१ को अग्रता दिलाए । खेलको म्यान अफ दी म्याच केएफटिसीका यमी घोषित हुँदै १० हजार रुपैयाँ पाए । युकेएफसीका प्रशिक्षक उर्गेन लामाले सोचेजस्तो खेल खेल्न नसक्दा टोली पराजित भएको बताए । 

ad
ad