१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख १९ बुधबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपा प्रदेश १ को अध्यक्षमा दीपक याक्खा चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:o९:oo

जनता समाजवादी पार्टी नेपालको प्रदेश १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन्। 

प्रदेश कार्यालय इटहरीमा मंगलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो। उनी यसअघि समितिको उपाध्यक्ष थिए। 

प्रदेश समितिले सोमबार र मंगलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो। 

सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरू रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायतका नेताहरूले प्रशिक्षण दिएका थिए।

पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरू गठन, पुनर्गठन र अभिलेख संकलनको कार्यलाई तीव्रता दिइएको छ। 
 
 

ad
ad