१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आरजुको दाबी– नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ, डेटा टर्की पुग्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:o१:oo

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको दाबी गरेकी छिन् । नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको औँल्याइन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दाबी गरेकी हुन् । नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास नगरेसम्म नेपालको सुरक्षालगायत सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन् ।

‘हाम्रोजस्तो देशमा के हुँदोरहेछ भने हामीले सुरु त गर्‍याैँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरूको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो, तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट पनि ह्याक भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ,’ उनले भनिन् ।

ad
ad