सुगम पोखरेलको ‘अलिखित उपन्यास’ गीतको भिडियो सार्वजनिक

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

गायक सुगम पोखरेलको ‘तिलस्मी काठमाडौं’ संग्रहमा समावेश भएको ‘अलिखित उपन्यास’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुगमले नै शब्द अनि संगीत दिएका छन् भने संगीत संयोजन मोहित मुनाल र लोकेन्द्र सुब्बाले गरेका हुन् । 

गीतलाई दिनेश थापा र लोकेन्द्र सुब्बाले खिचेका हुन् भने सम्पादन इन्टेन्स यिल्डका सुप्रिम पराजुलीले गरेका हुन् । गीतको भिडियो सुगमकै अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको छ ।

सुझावित समाचार