मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण १३ शनिबार ०७:१६:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दिलीप महतोको हत्यामा संलग्न क्रसर उद्योगीलाई २५ वर्ष कैद फैसला

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १३ शनिबार ०७:१६:००

धनुषाका पर्यावरण अभियन्ता दिलीप (ओमप्रकाश) महतोको हत्यामा संलग्न क्रसर उद्योगीलाई २५ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिनकुमार महतो र मुनीन्द्र महतोलाई सो हत्या घटनामा दोषी ठहर गर्दै जनही २५ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । विपिन क्रसर उद्योगी हुन् भने मुनीन्द्र कामदार थिए ।

घटनामा मतियारको भूमिका खेलेका जितेन्द्र महतोलाई १२ वर्ष कैद हुने भएको छ भने उनले पीडित परिवारलाई दुई लाख ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने आदेश भएको जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । दोषी ठहर भएकाले क्षतिपूर्ति तिर्न नसके पीडित राहत कोषबाट भराउने निर्णय गरिएको उनले बताए ।

यसअघि घटनामा आरोपित अन्य चारजनालाई अदालतले सफाइ दिएको थियो । सफाइ पाउनेमा रोशन यादव, शत्रुधन महतो, सत्यनारायण महतो र विनोद महतो हुन् । २५ पुस ०७६ मा धनुषाको मिथिला नगरपालिका– ५ श्रीपुरमा २४ वर्षीय महतोको हत्या भएको थियो । औहरी खोलामा अवैध रूपमा भइरहेको बालुवा–गिट्टी उत्खननको विरोध गरेपछि महतोको हत्या भएको थियो ।