१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : राजविराज नगरपालिकामाथि अख्तियारले थाल्यो अनुसन्धान

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

राजविराज नगरपालिकामा ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्तिमा  अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामाथि अनुसन्धान थालेको छ ।

२३ माघमा नयाँ पत्रिका दैनिकले ‘भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै’ शीर्षकमा प्रकाशन गरेपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो।

‘नयाँ पत्रिकाको २३ माघको न्युजका आधारमा छानबिन सुरु भएको छ,’ कार्यालयका एकजना कर्मचारीले  भने, ‘कागजात उपलब्ध गराइदिन नगरपालिकालाई पत्र पठाएका छौँ ।’

राजविराज नगरपालिकामा ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्त गरिएको छ। खुला प्रतिस्पर्धा नगराई नगरपालिकाले ऐन–नियम मिचेर तोकआदेशका आधारमा करारमा कर्मचारी नियुक्त गरेको समाचार नयाँ पत्रिकाले प्रकाशन गरेको थियो