१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निवारण भएन हात्तीपाइले : १४औँपटक औषधि खुवाउने अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:२६:oo

जिल्लामा गत वर्ष हात्तिपाइले रोग निवारणको औषधी खुवाउने अभियान अन्तिम पटक भनेर संचालन गरियो । जिल्ला भरका सर्वसाधारणलाई स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाइयो । अन्तिम अभियानका रुपमा दश वटै स्थानीय तहले सक्रियताका साथ औषधी खुवाउने अभियान संचालन गरे ।

औषधी खुवाउने अभियानको ६ महिनापछि स्वास्थ्य मन्त्रालयसहितको टोलीले जिल्लामा सर्वेक्षण गर्‍यो। बागलुङ नगरपालिका–१४ नारायणस्थान र गलकोट नगरपालिका–३ हटियामा (प्रि टास) सर्वेक्षण गरिएको । सर्वेक्षण नारायणस्थानमा पुन ०.३३ प्रतिशतमा यसको परजिवी देखियो त्यसैकारण पनि जिल्लामा पुन एक पटक औषधी खुवाउने अभियान संचालन गरिँदै छ ।

नारायणस्थानमा गरिएको कुल ६४१ जनामा गरिएको परिक्षणमा एक जनालाई पुन यसको परिजिवी देखिएपछि यस वर्ष पुनः  औषधी खुवाउने अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए । फागुन ११ गते देखि औषधी खुवाउने अभियान संचालन हुँदैछ । 
 

ad
ad