१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोटीमा जिप दुर्घटना हुँदा दुइको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३३:oo

डाेटीकाे केआईसिंह गाउँपालिका–१ लोलिमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  डोटी केआइसिंह–१ महादेव बस्ने बर्ष ३६का चालक गोविन्द शाही, केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का  धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

शुक्रबार राति साढे ११ बजेतिर भएकाे दुर्घटनामा परी ६ जना घाईते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने बर्ष २७ को तेज तिरुवा र उनकी श्रीमती बर्ष २६ की राधा तिरुवाकाे अवस्था गम्भीर रहेको छ ।

उनीहरु दुबै जनालाइ उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाइएको प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । समान्य घाईते सोही ठाउँका समिर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र   मिन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् । 

केआईसिंह गाउँपालिका–१ लोली भन्ने स्थानमा दिपायलबाट  घाँटलायातर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनाको जानकारी प्राप्त भए लगत्तै वायलबाट प्र.स.नि. चन्द्र बहादुर कार्कीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक राज जोशीको कमाण्डको  टोली घटनास्थल पुगेको छ । 

ad
ad